विप्लव समूहका मोरङ सेक्रेटरी नेकपा प्रवेश

होमल्याण्ड खबर

२०७६ माघ २८ गते, मंगलवार ११:३६ मा प्रकाशित

भूमिगत रुपमा रेहेको विप्लव समूहमा मोरङ सेक्रेटरी उदय राई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा सोमबार उनि नेकपा प्रबेश गरेका हुन् । नेकपाका अध्यक्ष प्रचण्डका हातबाट टीका र खादा लगाएर राई नेकपामा प्रवेश गरेको उनका आफन्तले बताए । विप्लव समूहमा अराजकता, हिंसात्मक राजनीति र अर्थवाद मौलाएको हुनाले पार्टी परित्याग गरेको उनले बक्तव्यमा भनेका छन् ।

एकताकेन्द्र मसालबाट राजनिती शुरु गरेका उनि माओवादीमा प्रवेश गरेका थिए । र माओवादी विभाजित हुँदा विप्लव समूहमा लागेका उनी हाल मोरङ जिल्ला सेक्रेटरी थिए ।

मोरङको बेलाबारी जन्मिएका राई सांस्कृतिकर्मी पनि हुन् ।