भ्रष्टचारको मुद्दा सरकारले नभई अख्तियारले हेर्ने होः नेतृ भुसाल

होमल्याण्ड खबर

२०७६ माघ २८ गते, मंगलवार १३:४९ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक सुरु गरे लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलका नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाललाई बिशेष बोल्न समय दिएका छन् ।

नेतृ भुसालले बोल्दै सरकारले दलिय हिसाबले राजनितिक प्रतिसोध गाजेर गरेको विभेदको खण्डन गर्दै कानुन लाग्छ भने सबैलाई लागियोस्, हैन भने यसको वकालतको लागी हामी लागिरहने छौ भन्ने अभिव्यक्त राखेकी थिइन ।

उनले थपिन्, ‘भ्रष्टचारको मुद्धा सरकारले हेर्ने नभएर अख्तियार दुरुपयोग अनुशन्धानले गर्ने कुरा समेत स्मरण गराइन् ।’ पुनः यि र यस्ता निर्णय सरकारले गरेमा प्रमुख प्रतिपक्ष दलको हैसियतले प्रतिसोधमा उत्रने समेत उनले बताईन् ।

सरकारले संविधानको उल्लंघन गर्न खोजेको आरोप लगाउँदै उनले थपिन्, ‘संबैधानिक अंगले गरेका कार्यमा यसरी सरकारले अबरोध नगर्न हामी ध्यानाकर्षण गराउन चाहन्छौ ।’

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्ता पक्षका नेतालाई चोख्याएको तथा कांग्रेसका नेतालाई मुद्दा चलाएको विरोधमा कांग्रेसले गएको बुधबारदेखि गर्दै आइरहेको सदन आजबाट सुरु भएको छ ।