१० मंसिर २०८१, सोमबार
एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगामा बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसँग २–२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियलले लिएको अग्रता जोगाृन नसक्दा बरारी खेल्दै अंक बाड्नु परेको हो । बराबरीसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ ।
सेल्टाका लागि खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । ५२ औँ मिनेटमा टोनी क्रुसले रियलका लागि बराबरी गोल फर्काए । सर्जियो रामोसले ६५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए ।
८५ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै खेल २–२ गोलको बराबरीमा रोखे । २४ खेल खेलेको रियल ५३ अंक सहित शीर्ष स्थानमा छ । सेल्टा २१ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।