३ मंसिर २०८१, सोमबार
सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।
७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।
मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।