प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूचि

होमल्याण्ड खबर

२०७६ फाल्गुन १४ गते, बुधबार १२:१७ मा प्रकाशित

आज पनि प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

मंगलबारको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । गणपूरक संख्या नपुगेको भन्दै नेपाली कांग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेपछि मंगलबार सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए ।

त्यसपछि संसद सचिवालयले सूचना जारी गरी प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगन भएको जनाएको थियो ।

आजको बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सांसदहरुबीच प्रश्नोत्तरको कार्यक्रम छ ।

यस्तै, आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले “अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पार्लेमो
अभिसन्धिमाथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तो छ कार्यसूचिः