३ मंसिर २०८१, सोमबार
निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका छन् । उनी शुक्रबार काठमाडौं जिल्ला अदालत पुगेकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
७० कराेड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए ।उनले आफुमाथि लागेको झुठो आरोप विरुद्ध लड्न कानुनी प्रक्रियामा गएको बताए ।
‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।