३ मंसिर २०८१, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।
खतिवडालाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीलाई भेट्न मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुगेका थिए । त्यहीँबाट खतिवडाको नियुक्तिको सिफारिस बनेको हो ।
खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् ।
राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलबार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।
सांसद नरही ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान अनुसार उनको पुनर्नियुक्ति हुन लागेको हो ।