२८ फाल्गुन २०८२, बिहीबार
आज पनि सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार एकैदिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।
बिहीबार ८० हजार ७ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ हजार ८ सयले बढेर ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ ।
पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ८२ हजार ५ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको छ ।
चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।