उपप्रधानमन्त्री पोखरेल संयोजक रहेको समितिद्वारा कोरोना रोकथामबारे विविध पक्षसँग परामर्श

होमल्याण्ड खबर

२०७६ फाल्गुन २७ गते, मंगलवार १४:३५ मा प्रकाशित

कोभिड १९ (कोरोना भाइरस) संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिले विविध पक्षसँग परामर्श लिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले औषधि व्यावसायी, उद्योग वाणिज्य महासंघलगायतका विविध पक्षसँग परामर्श गरी यसको रोकथाम र उपचारका लागि कुनै अभावन हुन नदिने विषयमा छलफल चलाएको थियो ।