विष्फोटमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडा कारबाही गर्न नेकपाको माग

होमल्याण्ड खबर

२०७६ फाल्गुन २८ गते, बुधबार ११:४६ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा भएको बम विस्फोटको भर्त्सना गरेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज एक विज्ञप्ती जारी गर्दै बाँस्कोटाको निजी निवासमा भएको बम विस्फोटको भर्त्सना गरेका हुन् ।

प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण पनि गराइएका छ ।

पूर्वमन्त्री समेत रहेका बाँस्कोटाको भक्तपुरको मध्यपुर नगरपालिका–१ लोकन्थलीस्थितघरमा आज बिहान प्रेसर कुकर बम विष्फोट भएको थियो ।