राप्रपा एकता घोषणा सभामा नेतामाथि आक्रोश पोख्दै खनिए कार्यकर्ता

होमल्याण्ड खबर

२०७६ फाल्गुन २८ गते, बुधबार १४:०१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता घोषणा सभामा पार्टी कार्यकर्ता नेताहरूमाथि आक्रोशित भएका छन् ।

टुटफुटको यात्रामा चलिरहेको राप्रपाका कारण कार्यकर्ताहरूको विचल्ली भएको भन्दै एक कार्यकर्ताले ड्यासको ओडियममै आएर फेरि फुट्दैन भन्ने कसम खान सुझाव दिए । ति कार्यकर्ताले आक्रोशित हुँदै भने,‘गीतामा हात राखेर पार्टी फुट्दैन भन्ने नेताहरूले कसम खानुपर्छ ।’