३ मंसिर २०८१, सोमबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले कोरोना भाइरसको संक्रमणको त्रास बढेकाले संसद र विद्यालय बन्द गर्न माग गरेका छन् ।
उनले बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कोरोनाको संक्रमणबाट बच्न संसद अधिवेशन स्थगित गर्न माग गरेका हुन् ।
कारोना भाइरसको संक्रमण फैलिएका नेपालले रोक्न नसक्ने हुनाले सम्भावित जोखीमलाई मध्यनजर गर्दै भिडभाड हुने संसद र विद्यालय जहाज, बस बन्द गर्न प्रधानले माग गरेका हुन् ।