अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेताहरु

होमल्याण्ड खबर

२०७७ बैशाख १४ गते, आईतवार १५:४८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

सांसद सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु प्रहरी कार्यालय पुगेका हुन् ।