८ मंसिर २०८१, शनिबार
विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको शेयर मूल्य सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुग्यसँगै एप्पल कम्पनीको बजार मूल्य १० खर्ब डलर नजिक पुगेको छ ।
बर्कशायर हाथावेको वार्षिक शेयरधनी बैठकमा कम्पनीका अध्यक्ष तथा सिइओ वारेन बफेटले एप्पलको थप साढे ७ करोड कित्ता शेयर हाथावेले खरीद गरेको खुलासा गरेसँगै एप्पलको शेयर मूल्य आकासिएको हो ।
त्यस्तै दी ओरेकल अफ ओमाहाज कम्पनीसँग एप्पलको २४ करोड कित्ता शेयरको स्वामित्व रहेको छ, जुन एप्पलको कुल शेयरको ५ प्रतिशत हो । एप्पलको शेयर मूल्य सोमबार २ प्रतिशतले वृद्धि भयो र कम्पनीको बजार मूल्य ९ खर्ब ४० करोड पुग्यो ।
मे १ तारेखमा सार्वजनिक रिपोर्टमा एप्पलले अपेक्षा भन्दा बढि मुनाफा हासिल गरेको तथ्यांकले वालस्ट्रिटलाई छक्क बनाइदिएको थियो । पछिल्लो समय अमेरिकामा आइफोनको बिक्रि घटेपछि जापान र चीनमा आइफोनको बिक्री नाटकीय रुपमा बढेको तथ्यांकले देखाएको छ ।
लगानी कर्ताको प्रतिशेयर मुनाफा तथा लाभांसमा वृद्धि हुनेगरी एप्पलले स्टक बाइब्याक कार्यक्रमको योजनासँगै एप्पलले आफ्ना लगानीकर्तालाई आशावादी बनाइरहेको छ । फलतः मे महिनामा एप्पलको शेयर मूल्य गतवर्षभन्दा १३ प्रतिशतले बढी छ ।
एप्पलको वृद्धि यहीँ दरमा भैरहेमा कम्पनी अबको छोटो समयमै १० खर्ब डलर बजार मूल्य भएको अमेरिकाको पहिलो कम्पनी हुने पक्का छ ।