कसैसँग सल्लाह नगरी अधिवेशन अन्त्य गर्नु सरकारको गैरजिम्मेवारीपनः कांग्रेस

होमल्याण्ड खबर

२०७७ असार १८ गते, बिहीबार १५:४७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैरजिम्मेवार रहेको प्रतिक्रिया दिएको छ ।

पार्टीभित्रको झगडा सामना गर्न नसकेर प्रधानमन्त्रीले सबैभन्दा पहिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गर्नु जनताप्रतिको विश्वास र भरोसामाथि प्रहार भएको कांग्रेसले बताएको हो ।

कसैसँग सल्लाह नगरी अधिवेशन अन्त्य गर्नु सरकारको गैरजिम्मेवारीपन भएको खाँणले बताए ।

संघीय सदनमा कांग्रेसले जनतासँगको जोडिएका विषयहरु उठाइरहेको र त्यसैअन्तर्गत जरुरी सार्वजनिक महत्व प्रस्ताव र ध्यानाकर्षण प्रस्तावसमेत सदनमा दर्ता भएको अवस्थामा संसद अधिवेशन अन्त्य गर्ने निर्णय खेदजनक भएको उनले बताए ।