भिल्लारियमाथि बार्सिलोनाकाे सानदार जित

होमल्याण्ड खबर

२०७७ असार २२ गते, सोमबार ०८:१० मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले भिल्लारियलमाथि सानदार जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलाेनाले भिल्लारियललाई उसैकाे घेरलु मैदानम ४-१ गाेल अन्तरले पराजित गरेकाे हाे ।

खेलकाे बार्सिलाेनालाई सानदार जित दिलाउनकाे लागि स्टार फरवार्डद्धय लुइस सुआरेज र एन्टोइन ग्रिजमनले समान एक-एक गाेल गरे । एक गाेल युवा स्टार अन्सु फातीले गरे भने एक गाेल उपहार गाेल पाएकाे थियाे । भिल्लारियलका लागि जेरार्ड मोरेनोले एक गाेल गरे ।

तेस्रो मिनेटमा नै आत्मघाती गोलबाट बार्सिलोनाले अग्रता लिएकाे थियाे । जोर्डी अल्वाको क्रसलाई भिल्लारियलका खेलाडि पोउ टोरेस चाउने प्रयास गर्दा आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो ।

१४औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । स्यामुइल चुकवुइजीबाट पाको एल्कासेर हुदै सेन्टी कार्जाेलाबाट आएको लो क्रसलाई मोरेनोले गोलमा परिणत गरेका थिए ।

२०औं मिनेटमा सुआरेज पुन: बार्सिलाेनालाई अग्रता दिलाए । कप्तान लियोनेल मेस्सीको एकल उत्कृष्ट मुभमेन्टको पासमा उनले गाेल गरेका थिए । ४५औं मिनेटमा मेस्सीकै पासमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३-१ को आरामदायी अग्रता दिलाए ।

पहिलाे हाफमा ३ गाेल गरेकाे बार्सिलाेनाले दाेस्राे हाफमा पनि एक गाेल थपे । ६९औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।  ८६औं मिनेटमा सब्सिच्युट अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई ४-१ काे अग्रता दिलाए । थप समयमा दुबै टाेलीबाट हाेल हुन नसक्दा बार्सिलाेनाले ४-१ गाेल अन्तरकाे सानदार जित निकाले ।

सानदार जित निकाल्दै बार्सिलाेनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरुी ४ मा छोट्याएको छ । जितसँगै बार्सिलोनाले उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ । ला लिगामा चार खेल बाँकी रहँदा बार्सिलोनाले सबै खेलमा जित निकाल्नुका साथै शीर्षस्थानको रियलले अंक गुमाउनुपर्ने हुन्छ ।

शीर्षस्थानको रियलले आइतबार राति नै एथ्लेटिको क्लब बिल्वाओमाथि १–० को कठिन जित निकालेको थियो । बार्सिलोनाको ३४ खेलबाट ७३ अंक पुगेको छ । शीर्षस्थानको रियलको ७७ अंक रहेको छ । पराजित भिल्लारियल ५४ अंक जोडेर पाँचौ स्थानमा यथावत छ ।