१० मंसिर २०८१, सोमबार
एजेन्सी – क्याटलान शहरी प्रतिद्धन्द्धीलाई पराजित गर्दै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याउदै उपाधि यात्रालाई जीवितै राख्दा एस्पान्योल रेलिगेसनमा परेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याउदै उपाधि यात्रालाई जीवितै राखेको हो । यद्दपि रियलले एक खेल कम खेलेको छ । बार्सिलोनासँगको हारसँगै एस्पान्योल रेलिगेसनमा परेको छ ।
बार्सिलोनाको जितमा उरुग्लेली फरवार्ड लुइस सुआरेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । खेलमा दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।
जितसँगै बार्सिलोनाको ३५ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिको ७७ अंक छ । रेलिगेसनमा परेको एस्पान्योलको २४ अंक छ । ला लिगामा ३ खेल बाँकी रहँदा तीनै खेलमा जित हात पारेपनि एस्पान्योलले रेलिगेसनबाट बच्ने छैन ।