पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा नेविसंघले गरे आयल निगम घेराउ

होमल्याण्ड खबर

२०७७ असार २८ गते, आईतवार १२:५८ मा प्रकाशित

काठमाडाैँ, सरकारले पटकपटक पेट्रोलियम पदार्थमा गरेकाे मूल्यवृद्धिकाे विरोधमा नेविसंघले प्रदर्शन गरेकाे छ । अाइतबार बिहान ११ बजेदेखि नेविसंघले बबरमहलस्थित नेपाल आयल निगम घेराउ गरेका हुन् ।

उनीहरूले भ्रष्ट सरकार राजिनामा दे, भ्रष्ट सरकार मुर्दावाद, मुल्य वृद्दि खारेज गर, सरकारमा बसेर जनता मार्न पाइँदैन जस्ता नारा लगाएका थिए । आयल निगमभित्रको भ्रष्टाचार छानबिन गर्न  समेत माग गरेको नेविसंघका महामन्त्री मनोज वैद्यले बताए ।