३ मंसिर २०८१, सोमबार
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ। समसामयिक बिषयमा छलफल गर्न क्याबिनेट बैठक बस्न लागेको हो।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बोलाइएको छ।
बैठकमा लकडाउनको समीक्षा तथा विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय हुने बताइएको छ।
संवैधानिक निकायका नियुक्तिका सम्बन्धमा समेत निर्णय हुने सम्भावना छ।
संवैधानिक आयोगको रिक्त पदका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच हालैको भेटघाटमा सहमति जुटेको बताइएको छ।
संवैधानिक आयोगमा करिब ४० पद लामो समयदेखि रिक्त रहेका छन्।
संविधानले व्यवस्था गरेका १३ वटा संवैधानिक आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्।