ओली र दाहालबीच अझै सहमति जुटेन

होमल्याण्ड खबर

२०७७ असार ३१ गते, बुधबार १६:०५ मा प्रकाशित

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको ‘वान टु वान’ वार्ता केही समय अघि सम्म चलेको र अहिले छलफल सकिएपछि अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

हिजो (मंगलबार) भएको भेटवार्तामा कुरा नमिलेपछि  पार्टीभित्रको आन्तरिक विवाद हल गर्ने विषयमा सहमति खोज्ने प्रयास स्वरुप आज लागि छलफल तय भएको थियो । तर आजको छलफलसमेत उपलब्धिमूलक नभएको स्रोतको दाबी छ ।
पार्टी भित्रको आन्तरिक विवादका कारण स्थायी कमिटीको बैठक असार १६ गते यता अवरूद्ध हुदैँ आएको छ । पछिल्लोपटक असार २६ गतेलाई तय गरिएको बैठक पनि  बाढी, पहिरो आदि प्रकोपको कारण देखाएर एक सातापछि सरेको छ । यसबीचमा दुई अध्यक्षबीच पटकपटक एक्लाएक्लै वार्ता भए पनि पार्टीको आन्तरिक संकट व्यवस्थापनमा सहमति जुट्न सकेका छैन ।

पार्टी अध्यक्ष प्रचण्ड,माधप कुमार नेपाल र झलनाथ खनाल लगायतका नेताले स्थायी कमिटि बैंठकको सुरुबाटै ओलीले दुई पदबाट रानीनामा दिनु पर्ने माग राख्दै आएका छनु । तर प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिइका छन् ।  सोहि कारण नेकपाको विवाद थप चर्किएको छ ।