नेकपाले बोलायो सचिबालय बैठक

होमल्याण्ड खबर

२०७७ श्रावण २ गते, शुक्रबार १५:४३ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपाले सचिवालय बैठक बोलाएको छ । दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको नेकपाले शनिबार सचिवालय बैठक बोलाएको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो।

शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
नेकपामा विवाद जारी रहँदा लामो समयदेखि सचिवालय बैठक समेत बस्न सकेको छैन भने स्थायी कमिटी बैठक पनि पटक पटक स्थगित हुँदै आएको छ ।