युभेन्टसलाई लगातार नवौं पटक सिरी ए को उपाधि !

होमल्याण्ड खबर

२०७७ श्रावण १२ गते, सोमबार ०८:०९ मा प्रकाशित

एजेन्सी : इटालीयन सिरी ए अन्तर्गत सोमबार बिहान भएको खेलमा साम्पाडोरियालाई २-० ग‍ोल अन्तरले पराजित गर्दै लिगको उपाधि जितेको हो । युभेन्टसले लिगका अन्तिम २ खेल बाकी छँदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नडस्चीले गोल गरेका थिए । युभेन्टसको घरेलुु मौदानमा भएको खेलमा पहिलो हाफमा थपिएको अन्तिम ७ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरि घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाए , उनले मिरोलम प्यानिचको पासमा उत्कृष्ट गोल गरेका थिए ।

त्यस्तै जारी खेलको ६७अौ मिनेटमा युभेन्टसका लागि फेडरिको बर्नडस्चीले गोल गरि खेल २-० अबस्थामा पुर्याए , र त्यस्को ८ मिनेट पछि पाहुना टोली साम्पोडिया १० खेलाडीमा समेटियो , खेलको ८९ अौ मिनेटमा युभेन्टसले पेनाल्टी मार्फत ३-० अग्रता लिने अबसर पाएको थियो , युभेन्टसका रोनाल्डो उक्त पेनाल्टीमा चुक्त उक्त अग्रता लिन पाएन । र बाकी समय दुबै टोली बाट थप गोल हुन नस्कदा युभेन्टस लगातार नौपटक लिगको उपाधि जितन सफल भयो ।

उक्त जितसँगै युभेन्टसले ३६ खेलबाट ८३ अंक बनाएको छ । उ दोस्रो स्थानको इन्टर मिलानाई भन्दा ७ अंकले पछि पार्दै उपाधि हात पारेको हो । यता पराजित साम्पोडिया भने समान खेलबाट ४१ अंक सहित लिगको १५ अौ स्थानमा रहेको छ ।