२६ फाल्गुन २०८२, मंगलवार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आफ्ना लागि पार्टी सभापतिको पद नै सबथोक नभएको बताएका छन् । । अर्थपूर्ण डटकमसँगको भिडियो कुराकानीका क्रममा उनले नेपाल र नेपालीको भविष्यका लागि बलियो नेपाली कांग्रेस आवश्यक रहेको भन्दै महामन्त्री कोइरालाले कांग्रेस बलियो बनाउन पद महत्वपूर्ण नरहेको बताएका हुन् ।
“‘मेरा लागि सभापति ठूलो कुरा होइन । सबैसंग सल्लाह र परामर्श गरेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्दछु । पार्टीलाई यथास्थितिबाट अगाडि बढाउनुपर्छ । नेतृत्व परिवर्तन आवश्यक छ तर त्यसका लागि एक्लै दौडेर कही पुगिदैन । विचार मिल्नेहरुबीच दर्हो एकता देखाउनुपर्छ ,” उनले भनेका छन् ।


निर्वाचित महामन्त्री भएकाले आफू पार्टी सभापति पदको स्वभाविक दावेदार भएपनि सबैसंग परामर्श र सहकार्य गरेर अघि बढ्ने बताए ।
‘वरिष्ठ नेता रामचन्द्र पौडेल,पूर्व महामन्त्री प्रकाशमान सिंह र कृष्ण सिटौला, डा.शेखर कोइराला, अर्जुननरसिंह केसी र डा रामशरण महत लगायतका नेताहरुसँग पर्याप्त परामर्श गरेर अघि बढ्ने उनको भनाई थियो । उनले भने, “हामीमध्ये एकजना सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने मेरो भनाई छ ।”
उनले विरासतका बलमा नभई कार्यकर्ताको मन जितेर सभापति हुने आफ्नो चाहना रहेको पनि बताए ।