होमल्याण्ड खबर
२०७७ श्रावण १३ गते, मंगलवार १२:४० मा प्रकाशित
काठमाडौं : नेपालका लागि चीनका राजदुत हाउ यान्कीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलससँग भेट गरेकी छन् । म.गलबार पौडेललाई भेट्न यान्की उनको निवास बोहोराटार पुगेकी थिइन् ।
सयौं वर्ष पहिले देखिको नेपाल र चीन बिचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्ष गाठको अवसरमा भेट भएको हो । भेटमा वि पि कोइराला र माओत्से तुङका पाला देखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको बिचको सम्बन्धको चर्चा गर्दै, चीन सरकारले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई नियन्त्रणका लागि यथेष्ट सहयोग गर्ने बारे चर्चा भएको पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।