३ मंसिर २०८१, सोमबार
काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको भन्दै सभापतिमा अब दोहोयर्याउन नहुने बताएका छन् । केही दिन अघि देउवाले सभापतिमा आफूलाई च्यालेञ्ज दिने कोही नभउको बताएका थिए । नेता सिंहले देउवाबाट अब कांगेस नचल्ने भन्दै १४ महाधिवेशनले उनलाई हटाउनुपर्ने बताएका हुन् ।
नेता सिंहले तेह्रौं महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको बताए ।
पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठेरो अवस्थामा पुगेको उनको भनाई थियो । ‘१३औं महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित हनुभयो, निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरे अनुसार गर्नुपर्ने काम कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ ,’ उनले भने, ‘ पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारणले गर्दाखेरी अहिले पार्टीको स्वास्थ्य ठीक नभएको देखा परेको छ ।’
नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि पजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए।
उनले पार्टी प्राजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको स्वीकार गरे। महाधिवेशनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उनले बताए।
पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठीक भए पनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेको उनले बताए।