सिन्धुपाल्चोकमा बाढी, पहिरो पीडितलाई राप्रपाको सहयोग

होमल्याण्ड खबर

२०७७ श्रावण १६ गते, शुक्रबार १५:५४ मा प्रकाशित

सिन्धुपाल्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाका बाढी तथा पहिरो पीडितलाई विभिन्न सहयोग गरेको छ । विस्थापितहरुका लागि खाद्यान्न, पोशाकका साथै मृतक तथा वेपत्ता परिवारलाई नगद सहयोग गरेको हो । पूर्व सभासद एवं राप्रपा केन्द्रीय सदस्य रमेश लामा, केन्द्रीय सदस्य समिन ढुंगाना, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठसहितको टोलीले बाह्रविसे, भोटेकोशी र जुगलका पीडितहरुलाई सहयोग गरेका हुन् ।

बाह्रविसे र भोटेकाशीका एक सय २६ परिवार र जुगल गाउँपालिकाका ६० परिवारलाई विभिन्न खाद्यँन्न् सहयोग गरिएको जिल्ला अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

बाढी तथा पहिरोबाट बेपत्ता तथा मृत्यु भएका परिवारलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ । २८ वेपत्तत्रा तथा मृतकका परिवारलाई पनि सहयोग गरिएको छ । अति आवश्यक खाद्यान्न सामग्री पनि सहयोग गरिएको पूर्व सभासद् रमेश लामाले बताए ।