कांग्रेस प्रदेश नंवर ५ को संसदीय दलको नेतामा कनौडिया चयन

होमल्याण्ड खबर

२०७७ श्रावण २० गते, मंगलवार १५:१४ मा प्रकाशित

प्रदेश ५ को प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् । आज बुटवलमा बसेको पार्टी संसदीय दलको बैठकले कपिलवस्तु ३ (ख) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति डिल्ली चौधरीले समर्थन गरेका थिए । गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए । प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न आफूले सशक्त ढंगबाट काम गर्ने कनौडियाले बताए ।