काेभिडलाई अवसरका रूपमा बदल्न विदेशबाट फर्केका युवालाई कृषिमा जाेडाैै : महामन्त्री डा.कोइराला

होमल्याण्ड खबर

२०७७ श्रावण २८ गते, बुधबार १६:०३ मा प्रकाशित

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् । सुशील कोइराला मेमोरियल फाउण्डेशनले काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा उनले कोभिड–१९ का कारण स्वदेश फर्केका युवालाई कृषि क्षेत्रमा लगाएर देशको विकास गर्नुपर्ने बताएका हुन् ।

“कोभिड–१९ लाई अवसरको रुपमा बदल्नका लागि स्वदेश फर्केका युवालाई कृषिमा जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ”, उनले भने ।

कोइरालाले काँग्रेसले मुलुकको सम्भावनालाई हेरेर विकासको खाका बनाउनुपर्ने बताएका थिए । उनले स्व कोइरालाले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राखेर भ्रष्टाचारविरोधी नेताका रुपमा आफूलाई स्थापित गरेको स्मरण गरेका थिए ।