३ मंसिर २०८१, सोमबार
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
लामो समयको संवादहीनतापछि ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेको नेकपाले बताएको छ । भेटमा पार्टीको समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।
स्थायी कमिटीको बैठकको सुरुबाट प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल ,झलनाथ खनाल लगायतका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागे गदैँ आएका छन्। तर प्रधानमन्त्री ओली भने राजीनामा नदिने अडानमा रहेका छन् । सोही कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीभित्रको विवादका कारण स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।