३ मंसिर २०८१, सोमबार
काठमाडौ । प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भोलि पनि छलफल गरी विवाद समाधान गर्ने समझदारी भएको छ । १० दिनपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पार्टीमा देखिएको विवाद समाधान उन्मुख भएको बताइएको छ ।
आजको भेटवार्ताले पार्टीभित्रको विवाद समाधान उन्मुख भएको संकेत गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । ओली र प्रचण्डबीच गत साउन २० गतेपछि छलफल हुन सकेको थिएन । हिजो एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पाँचदिनभित्र निकास निकाल्ने बताएका थिए ।
पछिल्लो कुराकानीमा ओलीले महाधिवेशन आयोजक कमिटी गठन गर्ने र त्यसको एकल नेतृत्व गर्न प्रचण्डलाई प्रस्ताव गरेको बताइएको छ ।