३ मंसिर २०८१, सोमबार
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ । पार्टीभित्रको आन्तरिक विवाद केही मथ्थर भइरहेका बेला भोलि बिहान साढे ९ बजे बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जनाएको छ । यसअघी नेकपाभित्रको विवाद् समाधानको उपाय सुझाउन ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको बुझिएको छ । सचिवालय बैठकपछि केही दिन भित्रै मन्त्री मण्डलका सदस्यहरुसमेत हेरफेर हुने सम्भावना रहेको बताइएको छ ।