नेकपा सचिवालय बैठक बस्दै,कार्यदललाई आधिकारिकता दिइने

होमल्याण्ड खबर

२०७७ भाद्र १ गते, सोमबार ०८:४९ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक आज बिहान साढे ९ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टीभित्रको आन्तरिक विवाद केही मथ्थर भइरहेका बेला बैठक बस्न लागेको हो ।

यसअघी नेकपाभित्रको विवाद् समाधानको उपाय सुझाउन ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको बुझिएको छ । आजको बैठकले कार्यदललाई आधिकारिकता प्रदान गरेर स्पष्ट कार्यदेश दिने सचिवालयका एक सदस्यले जानकारी दिए।

सचिवालय बैठकपछि केही दिन भित्रै मन्त्री मण्डलका सदस्यहरुसमेत हेरफेर हुने सम्भावना रहेको बताइएको छ ।