३ मंसिर २०८१, सोमबार
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक आज बस्दैछ । तीन दिनदेखि निरन्तर बस्दै आएको कार्यदलको बैठक आज दिउँसो तीनबजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने कार्यदलकी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।
कार्यदलले छलफलका विषय बाहिर सार्वजनिक नगर्ने र सुझाव–प्रतिवेदनका रूपमा पार्टी सचिवालयलाई बुझाउने सहमति भएको छ । कार्यदलको बैठकमा दुई अध्यक्षको जिम्मेवारी बाँडफाँडलाई विधानमा व्याख्या गर्ने एकता महाधिवेशनको तयारी,मन्त्रिपरिषद् पुनःगठन, संवैधानिक नियुक्ति,मुख्यमन्त्री हेरफेरसम्मका विषयमाथि छलफल भइरहेको बताइएको छ ।