नेकपा कार्यदल प्रतिवेदन: ओलीको राजीनामा थाती राख्दै महाधिवेशनबाट टुंगो लगाउन सुझाव

होमल्याण्ड खबर

२०७७ भाद्र ६ गते, शनिबार १८:२८ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानगर्न भन्दै गत साउन ३० गते गठित   कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ । शनिबार बिहानैदेखि बालुवाटारमा बसेको कार्यदलको बैठकले आजै आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

प्रतिवेदनमा प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने सझाव दिईको छ । अन्य विवादलाई सैद्धान्तिक भन्दै   महाधिवेशनबाट टुंगो लगाउन  सुझाएको छ ।आगामी चैतमा महाधिवेशन तयारी गर्न  कार्यतालिका समेत तय गर्न प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने उल्लेख गरिएको छ ।  ।

सरकारको  कार्यशैलीलाई  प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा  हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको छ  ।

नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरे पछि  नेकपाका अध्यक्षद्वयको  सहमतिमा  महासचिव विष्णु पौडेल नेतृत्वमा कार्यदल बनाइएको थियो ।

पौडेल नेतृत्वमा ६  गठित सदस्यीय कार्यदलमा  भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा रहेका छन् ।