३ मंसिर २०८१, सोमबार
काठमाडौँ। नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफ्नो ट्विटरमार्फत कोरोना संक्रमण परीक्षण गर्दा आज बिहान
आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना पुष्टि भएपनि आफूमा कुनै लक्षण नदेखिएको चौधरीले बताएका छन् । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको बताउदैँ उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका समेत छन् ।