भोलि बस्ने भनिएको नेकपा सचिवालय बैठक भदौ १८ सम्मलाई स्थगित

होमल्याण्ड खबर

२०७७ भाद्र १२ गते, शुक्रबार १४:३२ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार (आज) दुई अध्यक्षबीच भएको छलफलले भोलि बस्ने भनिएको सचिवाय  बैठक स्थगित गर्ने निर्णय गर्दै भदौ १८ गतेको लागि सारिएको नेकपा स्रोतले जनाएको छ ।

बैठक स्थगित गर्नुको मुख्य कारण कोरोना भाइरसको त्रास भएको बताइएको छ । पूर्वनिर्धारित बैठक मिति शनिबार अर्थात भोलिको सचिवालय बैठकमा दुई अध्यक्षबीचको असमझदारीलाई हल गर्न बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्ययोजना थियो ।

नेकपा विवाद हल गर्न भन्दै दुई अध्यक्षले गत साउन ३० गते महासचिव विष्णू पौडेलको संयोजकत्वमा ६ सदस्यिय कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदलले केहिदिन अघि नै प्रतिबेदन बुझाइसकेको छ ।