३ मंसिर २०८१, सोमबार
काँग्रेसको शुभेच्छुक संस्था समन्वय विभागमा धिताल उपप्रमुख, अधिकारी सचिव
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एन।पी। साउदको संयोजकत्वमा गठित कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा ४८ जनालाई मनोनित गर्नु भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, विभागको उपप्रमुखमा लम्जुङका विष्णु धिताल र सचिवमा दोलखाकी विनिता अधिकारी मनोनित भएका हुन् ।
विभागको उपप्रमुखमा मनोनित भएका धिताल राजनीतिक र व्यसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने सचिवमा मनोनित अधिकारीदोलखाबाट प्रदेश सभा समानुपातिक उम्मेदवार, पि के क्याम्पसमा स्वबियु सभापतिभइसकेकी युवा नेतृ हुनुहुन्छ ।यसैगरी सदस्यहरुमा खोटाङका पूर्व सांसद सर्वधन राई, नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका मुकेश काफ्लेलगायत रहेका छन्।
विभागमा मनोनित भएकाहरुको सम्पुर्ण विवरण निम्नानुसार छ ।