३ मंसिर २०८१, सोमबार
देशका सम्पुर्ण दाजु– भाई तथा दिदिबहिनीहरु
मेरो तपाईहरुको सवैमा अभिनन्दन पुगोस् ।
हाम्रो सरकारको आधार जनताको विश्वास भएकाले र साथै हाम्रो राजनीतिक जीवनको मुल जरो पनि जनतामै पसेर यसले आफ्नो जीवन रस त्यसद्धारा पाइरहने हुनाले हाम्रो प्रथक र अन्तिम ध्यान देशबासीहरुको कल्याण कार्यपट्टी सतत रहिरहनेछ । हाम्रो कार्यक्रमको आधारशिला हामीले जनताका समक्ष बचनबद्ध भइ उपस्थित गरिसकेको हाम्रो निर्वाचन घोषणा पत्र हो । सरकारको आर्थिक सामथ्र्य अनुसार कार्यक्रममा प्राथमिकता–
१. प्रशासकिय तथा न्यायसम्बन्धी सुधार
२. अल्पकालिन तथा तत्काल परिणाम तथा लाभ ल्याउन सक्ने योजनाहरुलाई बिषेश ध्यान दिएर अहिलसम्म भइरहेका विकास कार्यलाई झन् द्रुतगतिमा बढाउने कार्य
३. भूमी सुधार तथा किसानहरुको कल्याण कार्य
४. लघु उद्योग धन्दाको विस्तार
५. शिक्षा
६. स्वास्थ्य
७. यातायातको विस्तार आदी विषयलाई दिनेछौ ।
किसानहरु हाम्रो आर्थिक जीवनको मेरुदण्ड हुन् । उनीहरुको कल्याण्ले नै समाजको कल्याण हुन्छ भन्ने हाम्रो विश्वास छ, त्यसो हुनाले स्वभावतः उनीहरुको कल्याणपछि हाम्रो सरकारको सर्वप्रथम ध्यान जानेछ । विदेशबाट प्राप्त हुने सहायताको दुरुपयोग हुन नदिई देशलाई अधिक से अधिक लाभ हुने गरि यसको संगठनपट्टी हाम्रो सरकारको ध्यान जानेछ । पछिल्ला सरकारहरुद्धारा समय समयमा योजना प्रारम्भ गरिएका राम्रा कामहरुलाई सम्पन्न गर्न पनि हाम्रो इरादा छ । पहिले उठान गरिएका उत्थान कार्यलाई अगाडि बढाउनका साथ साथै नयाँ कार्यहरुको शिलान्यास सरकारले गर्ने छ । सरकारले समय समयमा आफ्नो कार्यक्रम प्रकाशीत गरिरहनेछ ।
संसदको बैठक बस्न थालेपछि उसका समक्ष विचारार्थ आफ्ना योजनाहरुको प्रस्तुत गर्नेछ । विकास कार्यक्रमलाई स्थानीय जनताको सहयोग लिई उपयुक्त स्थानीय संगठनको माध्यमबाट गराउने प्रयत्न हामी गर्नेछौ । यस सम्बन्धमा म एउटा कुरा भन्न चाहान्छु, निर्माण कार्यका लागि चाहना मात्र यथेष्ट हुँदैन । यसका लागि प्रत्येक नागरिकले आफ्नो यावत् प्रयत्न राष्ट्रलाई आर्पित गर्न कटिबद्ध हुनुपर्छ । आजको अवसरमा जहाँ म तपाइहरुलाई सरकारले गर्न चाहेका कुराहरुको उल्लेख गर्छु, त्यहाँ तपाईहरुलाई नि आराम नगरिकन देशको सम्पति बृद्धिमा सचेष्ट रहनुपर्छ भन्ने अपिल पनि गर्दछु ।
शिक्षामाथि बिषेश ध्यान हाम्रो सरकारको रहने भएकाले स्वतः बिद्यार्थीहरुको जीवनमा नयाँ स्फूर्तिको प्ररण आयने छ भन्ने मलाई लागेको छ । शिक्षालयको अवस्था सन्तोषजनक नभएको हुनाले बिद्यार्थीहरुले बिद्याध्ययन गर्न पाउनेछन् । युवाहरुको उत्साह र आर्दश भावनालाई कुण्ठित हुन नदिई देशको मंगलमय भविश्यका प्रति उत्तरदात्विको भावना जागृत गराउने प्रयत्न सरकारले गर्नेछ । देशमा बिभिन्न वर्ग बुद्धिजीवी शिक्षक मजदुर व्यापारी, महिला आदीले आफ्नो आफ्नो विकासको अवसर प्रजातन्त्रमा झन बढि मात्रामा पाउने छन् । प्रजातन्त्रले सवैको विकासको बाटोलाई प्रशस्त गर्नेछ भन्ने कुरालाई प्रमाणीत गर्ने जिम्मेदारी हामीहरुको भएको छ ।
सरकार कर्मचारीहरुले जंगी या निजामति जुनसुकै आहदामा भएपनि, नयाँ युग जसको प्रादुर्भाव हालै सम्पन्न भएको निर्वाचनले गरेको छ, त्यसको अनुसार आफुलाई जनताको सेवक भन्ठान्नु पर्छ । प्रशासकीय यन्त्र कल्याणकारी राजनीतिक तथा आर्थिक व्यवस्था, जसको सुखद कल्पना देशले गरेको छ, त्यसको निर्माण गर्ने सरकारी माध्यम हो । तसर्थ सरकारी कर्मचारीहरुको ठुलो जिम्मेवारी छ । उहाँहरुबाट देशको भलो हुने ठुलो यन्त्र चालित भइरहेछ । यो यन्त्रलाई भ्रष्ट हुन नदिनु पनि उहाँहरुकै पवित्र अभिभारा छ । हाम्रो सरकारले भ्रष्टचारलाई निर्मूल गर्ने अठोट गरेको छ । यस कार्यमा कर्मचारीहरुको इमान्दारीताको कदर गर्ने र आफ्नो कर्तब्य तथा उत्तराधिकारी प्रति सदा सजग रहन प्ररण गर्ने हाम्रो सरकारको इरादा छ ।
सरकारी कर्मचारीहरुको इज्जत तथा आत्म सम्मानको रक्ष ागर्ने अभिभारापनि सरकारले लिनेछ । शाही सेना जो नेपाली जातिको एउटा गौरवको बिषय छ, उसले हाम्रो देशको मर्यादा राख्ने आफ्नो परम्परा नबिर्सी नयाँ उत्तरदायित्वलाई स सम्मान पूरा गर्नेछ भन्ने मलाई विश्वास छ । शाही सेनाबाट तयार तथा हालै श्री ५ महाराजधिराजबाट उदघाटन भएको कान्ति राजपथ देश विकास कार्यमा शाही सेनाको प्रयत्नको एउटा सुन्दर नमुना भएको छ । यसले नेपाली हृदयमा उत्साह भरेको छ । आजको दिन म जंगी , निजामति, पुलिस प्रभृति यवत कर्मचारहरुलाई संझेर उहाँहरुले दलगत राजनीतिबाट तटस्थ रही, श्री ५ को सरकारप्रति पूर्ण वफादार रही सरकारी नीतिलाई कार्यान्वित गर्नुपर्छ भन्ने संझाउन चाहान्छु ।
नेपालले विस्तार विस्तार मित्रताको सम्बन्ध विभिन्न राष्ट्रहरुसँग बढाउदै गएको छ ।
अन्तराष्ट्रिय क्षेत्रमा पहिलेको नेपाल अहिले छैन् । भारतसंगको ऐतिहाँसिक तथा अविच्छिन्न मित्रता झन घनिष्टतर भइरहेको छ । हाम्रो छिमेकी देश चीनसँगग हाम्रो मित्रताको सम्बन्ध पुनः स्थापित भएर हामी आफ्नो यो ऐतिहाँसिक सम्बन्धलाई झान झन बलियो पारिरहेका छौ । रुसद्धारा नेपालमा आफ्नो दुतावास स्थापित गर्ने कार्यको हामीले स्वागत गरेका छौ र अब छिट्टै रुसी दुतावास काठमाडौंमा स्थापित हुनेछ । यसप्रकार अरु मित्र राष्ट्ररुलाई पनि स्वागत गर्ने अरु अरु मौका हामीले पाउने छौ । संयुक्त राष्ट्रसंघमा हाम्रो सदस्यता भएकाले हाम्रो देशको आफ्नो राष्ट्रिय आर्दश अनुसार अन्तराष्ट्रिय क्षेत्रमा काम गर्ने अवसर पाएको छ । हाम्रो सरकारले यो सदस्यताको सदुपयोग विश्वशान्ति र हाम्रो राष्ट्रिय नीति तटस्थताको नीतिको अनुसरण गरेको कुरा मैले दो¥याएर भनिरहनु पर्ने आवश्यकता छैन् । नेपाल कुनै पनि सामरिक गुटमा लाग्ने छैन् ।
आठ वर्षपछि म पुनः तपाईहरुको बीचमा सरकारी पदमा रहेर काम गर्न आइरहेको छु । त्यो आठ वर्षको अवसर नयाँ जमाना ल्याउनका लागि एउटाद्धार उदघाटन समारोह जस्तो थियो । त्यो अनियन्त्रित उत्साहको अवसरामा आज ८ वर्षपछि पुनः म उपस्थित भएको छु । जिम्मेवारी– निर्माणको जिम्मेदारी छ । संगठनको जिम्मेदारी छ । जसद्धारा प्रजातान्त्रीक प्रणालीमा समाजको कल्याणकारी कार्यको सम्पादन हुन सकोस् ।
प्रजातन्त्रलाई बलियो पार्न अथवा देशको विकास कार्यलाई सम्पादन गर्न उत्तरदायित्व सवैको काँधमा छ । देशलाई अगाडि बढाउनको लागि सवैको सहयोग हामीलाई अपेक्षित छ ।
प्रजातन्त्रमा विरोधको पनि असाधारण महत्व छ, नत्रभने सरकारको प्रवृति अधिनायकवादी हुने भय हुन्छ । तर जस्तो सरकारलाई ठूलो जिम्मेवारी परेको हुन्छ उस्तै विरोधी तत्वहरुलाई पनि । उनीहरुबाट अनुत्तरदायित्वपूर्ण काम हुन गएमा देशलाई उत्तिकै घात हुन्छ , जति सरकारको अनुत्तरदात्विपूण कार्यले । तसर्थ म सवैको सहयोगका लागि आज ह्दयदेखि अपिल गर्दछु । देश सवैको साझा हो । नेपालको उज्जवल भविष्य हामी सवैको सामुहीक आशा हो । नियतिले हामीलाई निर्माण, उत्थान र गौरवको मार्गमा अग्रसर हुन आव्हान गरिरहेको छ । के आजको ऐतिहाँसिक क्षणमा हामी आफ्नो स्वार्थ संकिर्णता तथा दुर्बलतालाई त्यागेर नियतिको वाणीलाई सन्न सक्तैनौं ? यति भनेर सवैमा पुनः अभिनन्दन पु¥याएर तपाईहरुसँग विदा हुन्छु ।
जय नेपाल
(बीपी कोइरालाको प्रधानमन्त्री भएपछि देशवासीलाई गरेको पहिलो सम्बोधन)