३ मंसिर २०८१, सोमबार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।
भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा ‘कोरोना संक्रमणको सन्दर्भ: सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयकमा नेता/कार्यकर्तासँग छलफल गर्न लागिएको कांग्रेसले जनाएको छ।
प्रदेश नम्बर १ मा भदौ २७ गते, प्रदेश नम्बर २ मा भदौ २८ गते, बागमती प्रदेशमा भदौ २९ गते, गण्डकी प्रदेशमा भदौ ३० गते, प्रदेश नम्बर ५ मा भदौ ३१ गते, कर्णाली प्रदेशमा असोज १ गते र सुदुरपश्चिम प्रदेशमा असोज २ गते कार्यक्रम गर्न लागिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो।