३ मंसिर २०८१, सोमबार
काठमाडाैं । आज दिउँसो साढे १२ बजे नेकपाको सचिवालय बैठक बस्दै छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएकाे जानकारी अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
आजको बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजनाकाे एजेण्डा रहेको बताइएको छ ।
यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ ।
मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको बताइएकाे छ ।