त्रिभुवन विश्वविद्यालयबाट नेविसंघका ३ कार्यकर्ता पक्राउ

होमल्याण्ड खबर

२०७७ आश्विन ६ गते, मंगलवार १२:३६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट प्रहरीले नेविसंघका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ शंकर देव क्याम्पस का नेता दिपक ओझा त्रि.बि समिति का सचिब योगेन्द्र रावल र रुपेश शाह छन् ।
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीलाई प्रवेशमा रोक लगाएर आन्दोलन गर्दै आएको छ । मंगलबार त्रिविअगाडी प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्यले रातोपाटीलाई बताए ।
गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहाइ गर्न नेविसंघले माग गरेको छ । त्रिभुवन विश्वविद्यालयका विभागीय प्रमुख नियुक्त गर्दा मनोमानी गरेको र अनलाइन कक्षा प्रभावकारी बनाउन नसकेको लगायत असन्तुष्टि राखेर नेविसंले त्रिविमा आन्दोलन गरिरहेको छ ।