बामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन सर्वोच्चको आदेश

होमल्याण्ड खबर

२०७७ आश्विन ७ गते, बुधबार १७:५३ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

बुधबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।

आदेशसँगै गौतम मुद्दाको टंगो नलागेसम्म सरकारमा सहभागि हुने बाटो बन्द भएको छ।

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने‌ निर्णय सर्वोच्च अदालतले रोकेको छ।