३ मंसिर २०८१, सोमबार
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयनविरुद्धको रिटमा आज सुनुवाइ भएको छ ।
बुधबार हेर्दा हेर्दैको अवस्था रहेको रिटमा आज सुनुवाई भएको थियो।आज सुनुवाई नसकिएपछि बाँकी सुनुवाई आगामी बुधबारसम्म सरेको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभा सदस्य र मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा अलगअलग रिट दायर गरेका थिए। सो रिटमाथि आज सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैका लागि तोकेको हो ।
गत भदौ २९ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई १ असोजमा राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् ।गौतम २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका थिए ।