३ मंसिर २०८१, सोमबार
काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै २० दिनदेखि अनशनरत डा. गोबिन्द केसीको जीवन रक्षाको माग गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले मस्त निद्रामा रहेको सरकारलाई दबाब दिन आम नागरिकलाई आग्रह गरेका छन् । उनले जो जहाँ छौँ त्यहीँबाट डा. केसीको जीवन रक्षाका लागि आवजा बुलन्द गर्न अपिल गरेका हुन् ।
नेता थापाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको स्वास्थ्य र डा. केसीको जीवन रक्षामा कुनै चासो नदेखाएको उल्लेख गर्दै कसलाई सांसद र मन्त्री बनाउने भन्नेमै चिन्तित देखिएको बताएका छन् ।