३ मंसिर २०८१, सोमबार
काठमाडौं । विगत २१ दिनदेखि अनसनरत वरिष्ठ डा.गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। उनलाई सास फेर्न गाह्रो हुन थालेपछि कृतिम अक्सिजन दिन थालिएको उनका सहयोगीले जनाएका छन्।
एक्कासि छाती दुख्ने भएपछि उनलाई अक्सिजन दिइएको हो। डा. केसीले अक्सिजनबाहेक अन्य कुनै औषधि लिन अस्वीकार गरेका छन्। अस्तालले भने आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन।
चिकित्सा शिक्षा सुधारको लागि डा.केसीले आफ्नो अनसन २० दिन अघि जुम्लाबाट सुरु गरेका थिए।
आमरण अनसन बसेको लामो समय हुँदा समेत सरकारले डा.केसीका माग सम्बोधनका लागि कुनै वास्ता गरेका छैन।
डा.केसी अनसनरत रहेको टिचिंग अस्पतालले डा.केसीलाई जुनसुकै बेला भेन्टिलेटरमा राख्नुपर्ने स्थिती आउनसक्ने यसअघिनै बताइसकेको छ।
आफ्ना माग पूरा नहुन्जेल कुनै पनि उपचार नगर्ने डा.केसीको अडान छ।
डाक्टर केसीको माग सम्बोधन गरी उनको जीवन रक्षाका लागि काठमाडौंलगायत देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।