अमेरिका,बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु

होमल्याण्ड खबर

२०७७ आश्विन २१ गते, बुधबार १४:४६ मा प्रकाशित

काठमाडौंः प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु भएको छ । अमेरिका,बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सुरु भएको हो ।

आज बसेको संघीय संसदको संयुक्त समिति बैठकले सुनुवाई प्रक्रिया सुरु गदै भोलीबाट लागु हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्मा विरुद्ध १० दिने उजुरी आह्वान गरेको हो ।

संसदीय समितिले कार्यविधि२०७५ को दफा १२  बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।