३ मंसिर २०८१, सोमबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त भएका ३ जनाले आज शपथ ग्रहण गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाका महासचिव समेत रहेका विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जनालाई मन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनियुक्त ३ जना मन्त्रीले आज (बिहीबार) बिहान ११ बजे शपथ ग्रहण गर्ने तय भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शथप ग्रहण कार्यक्रम बिहीबार बिहान ११ बजेका लागि तोकिएको बताएका छन् ।