३ मंसिर २०८१, सोमबार
काठमाडाैं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताएका हुन् ।
कुनैपनि मन्त्रालयमा गलत कुराहरु छन् भनेपनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उनले बताए । यस्तै मन्त्री गुरुङले आफुलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताए । कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफुले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनरगठन गरेपछि महिला तथा समाजिक मन्त्री रहेका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिमेवारी पाएका हुन् । जिम्मेवारी पाएसँगै बिहीबार अपरान्ह मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।