२७ बैशाख २०८३, आईतवार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडलले पार्टीभित्रको अवस्था गम्भीर रहेको बताएका छन्। धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
दाहालसँग करिब ३० मिनेट छलफल गरेर बाहिरिने क्रममा उनले परिस्थिति केही जटिल रहेको बताएका हुन्।


२८ कात्तिकमा बसेको सचिवालय बैठकमा दाहालले राजनीतिक दस्तावेज ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।