३ मंसिर २०८१, सोमबार
काठमाडौं: बुधबारकाे सचिवालय बैठकअघि नेपाल कम्युनिस्ट पार्टीका ‘नेकपा’का बहुमत सदस्यहरुले छलफल गरेका छन् । बुधवार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सचिवालयका ५ सदस्यहरु भेला भएका थिए ।
छलफलमा प्रचण्डसँगै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नाराणाकाजी श्रेष्ठ सहभागी भएको स्रोतले जानकारी दियो । आज दिउसो १ बजे बस्ने भनिएकाे सचिवालय बैठक २ बजेका लागि सारिएकाे छ । प्रधानमन्त्री ओली पनि उक्त बैठकमा सहभागि हुन तयार भएका छन् ।
मंगलवारको बैठकमा ओलीले दसदिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए । सो क्रममा ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको पनि बताएका थिए ।